नागरिकलाई सुशासन र समृद्धि दिलाउन संघियता ल्याइएको हो : प्रदिप ज्ञवाली

९ श्रावण २०८०, मंगलवार १७:१८

काठमाडौं, ९ साउन– गृहमन्त्री काम गर्नुको सट्टा धम्क्याउने धन्दामा लागेको एमालेका उप महासचिव प्रदिप ज्ञवालीले बताएका छन।

अर्थतन्त्र चौपट बनाएर देशलाइ सबै हिसाबबाट बर्बाद पार्ने काममा गठबन्धन सरकार लागेको भन्दै त्यसको पछिल्लो उदाहरण सुन काण्ड भएको बताए। उक्त काण्डका सक्कली अनुहार बाहिर ल्याउन आग्रह गर्दै निष्पक्ष छानबिन हुनुपर्ने उनले उल्लेख गरे।

उप महासचिब ज्ञवालिले सो कुरा प्रेस चौतारी नेपाल कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बताएका हुन। उनले नागरिकलाई सुशासन र समृद्धि दिलाउन संघियता ल्याइएको भन्दै संघियताको सदुपयोग गर्ने तर्फ सरकारको ध्यान जान नसकेको बताए।

साच्चिकै भ्रष्टाचार निर्मुल गर्ने काममा एमालेको सधैं साथ रहने तर बर्तमान सरकार यो बिषयलाइ पोलिटिकल स्टन्ट मात्रै बनाएको भन्दै देशमा लुट आतंक मच्चाउन तल्लिन रहेको उनको भनाई रहेको थियो।