तनहुँबाट २५ जनाले नेकपा (एस) छोडेर एमालेमै फर्किए, पोखराबाट पनि केही नेताहरु एमालेमै फर्किने तयारीमा

९ श्रावण २०८०, मंगलवार १६:४०

काठमाडौं, ९ साउन– नेकपा एकीकृत समाजवादी (एस) नेता तथा कार्यकर्ताहरु फेरि नेकपा एमालेमै फर्किएका छन् ।

गत शुक्रबार तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्कीसहितका २५ जना नेता कार्यकर्ता एमालेमै फर्किएका हुन् । उनीहरुलाई नेकपा एमाले जिल्ला कमिटी तनहुँले
शुक्रबार आयोजना गरेको पार्टी समाहित कार्यक्रममा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्टले पार्टीमा स्वागत गरेका हुन् ।

जिल्ला अध्यक्ष कार्कीसहितका नेता गत वैशाखमा भएको उपनिर्वाचनमा एमालेमा फर्किन संवादमा थिए । तर, अन्तिम समयमा एमाले फर्कने कार्यक्रम रोकिएको थियो ।

एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ, पोलिटब्युरो सदस्य एवं प्रदेश सचिव प्रतापलाल श्रेष्ठ, एकीकृत समाजवादी तनहुँका पूर्वअध्यक्ष श्रेष्ठ पनि एमालेसंग संवादमा थिए । उपमहासचिव गुरुङले पोखरा, तनहुँमा पटकपटक संवाद गरिसकेका छन् । उनीहरु पनि एमालेमै फर्किने एमाले नेताहरु दाबी गर्छन् ।