उपसभापति र महामन्त्रीहरु सामूहिक रुपमा अगाडि बढ्नुपर्छ: चन्द्र भण्डारी

९ श्रावण २०८०, मंगलवार १६:३१

काठमाण्डौ, ९ साउन– कांग्रेस केन्द्रीय सदस्य एवं सांसद डा चन्द्र भण्डारीले विगतमा संस्थापन इतर समूहबाट निर्वाचित भएका उपसभापति र महामन्त्रीहरु सामूहिक रुपमा अगाडी बढ्नुपर्ने बताएका छन ।

आज (मंगलबार) काठमाण्डौँमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरू र नेपाली कांग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा लगायतका नेताहरु सामूहिक रुपमा अगाडि बढाउनुपर्ने बताएका छन ।

भण्डारीले पार्टी सभापति शेरबहादुर देउवा ८० वर्ष पुग्न लागेको भन्दै अब पार्टीको नेतृत्व उपसभापति र महामन्त्रीहरुले लिनुपर्ने बताएका छन ।

उनले उपसभापति र महामन्त्रीहरुका बीचमा बैठक राख्ने र एजेण्डा तय गरेर सँगै हिँड्न आग्रह गरेका छन । उनले केन्द्रीय समितिमा संस्थापनइतर समूहका नेताहरुलाई थप्न नसकेको भन्दै आफ्ना समूहका साथीहरुलाई सदस्य बनाउन नसक्नेले अरुको प्रतिनिधित्व गर्न नसक्ने बताएका छन ।