१५औं महाधिवेशनमा शेखरलाई सभापति बनाउँछौं: धनराज गुरुङ

९ श्रावण २०८०, मंगलवार १५:५८


काठमाण्डौ, ९ साउन– कांग्रेस उपसभापति धनराज गुरुङले पार्टीको १५औं महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाउने बताएका छन ।

आज (मंगलबार) आफ्नो समूहले गरेको कार्यक्रममा उपसभापति गुरुङले अहिले नै सभापति बदल्न नसक्ने बताएका छन । उनले नपुग्ने कुरा नगर्ने पनि बताएका छन ।

उनले भने, ‘अहिले नै पार्टी सभापति बदल्नुपर्छ भन्ने चाहन्न । तर १५औं महाधिवेशनमा पार्टी सभापति बदल्ने हो ।’त्यो बेला शेखरलाई उम्मेदवार बनाउने मात्र होइन, सभापतिमा स्थापित गर्ने उनले बताएका छन ।

कानुनमन्त्री समेत रहेका कांग्रेस उपसभापति गुरुङले नेताहरुको सम्पत्ति छानबिनका लागि आयोग बनाउनुपर्ने बताएका छन । उनले एकपछि अर्को फाइल खोल्दै जानुपर्छ भनेर आफूले प्रधानमन्त्रीलाई समेत भनेको बताएका छन ।