काठमाडठौं, ९ साउन– नेकपा (एमाले) नेता महेश बस्नेतले सरकारको सेटिङ्गमा डेढ सय किलो सुन तस्करी भएको बताएका छन् ।
नेता बस्नेतले सोमबार (हिजो) राष्ट्रिय युवा संघ नेपाल पर्वत जिल्लाको बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीको मिलेमतो रहेको समेत ठकुवा गरेका हुन् । उनले यो काण्डमा संलग्न जो कोहीलाई पनि कानुनी कार्वाहीको दायरामा ल्याउनु पर्ने बताए ।
कार्यक्रममा बोल्दै उनले भने,“विमानस्थलबाट डेढ सय किलो सुन बाहिर निस्कन्छ । त्यो बोक्ने भरिया समातिन्छन् तर अरु उम्कीन्छन्, सरकारले खोजेको के हो ?” सरकारी निकाय अनि सुरुक्षा जाँच अनि राजश्व अनुसन्धान तथा भन्सार जस्ता निकायको मिलेमतो हुन सक्ने उनले बताए ।
उक्त काण्डमा संलग्न भएकाहरुको निष्पक्ष छानविन गरी कुनै पनि अवस्थामा उम्कन दिन नहुने नेता बस्नेतले बताए । यस्तै उक्त कार्यक्रममा बोल्दै उनले सरकारको सेटिङ्गमै यति ठूलो परिमाणमा सुन तस्करी भइरहेको आरोप समेत लगाए । आफै सेटिङ्ग गर्ने, आफै बरामद गरे भनेर गृहमन्त्रीले जनताको आँखामा छारो हालेको उनले बताए ।
गृह, अर्थ र प्रधानमन्त्री कार्यलयको मिलेमतोविना विमानस्थलबाट अवैध सामन भित्रन नसक्ने भन्दै नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने पनि उनले बताए ।
