काठमाडठौं, ९ साउन– नारायणगढ–मुग्लिनको चौधकिलोमा बस र ट्रक एक आपसमा ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिङतर्फ जादै गरेको रा १८ ख २२३६ नम्बरको बस र बिपरीत दिशाबाट आउदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रक आज बिहान करिब साढे ७ बजेतिर एक आपसमा ठोक्किएका हुन् ।
घाइतेहरुलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । घाइते सबैको अवस्था सामान्य रहेको पण्डितले बताए ।
बस चालकको खुट्टा च्यापिएको निकाल्न केही समस्या भएको पण्डितले जानकारी दिए । ठोक्किएका दुवै सवारी साधानलाई क्रेनको सहायताले सडक छेउमा राखेर सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
