काठमाडौं, ८ साउन – स्वास्थ्यका कर्मचारीहरूलाई साबिक बमोजिम हाजिर गराई व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन भएका कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी मूल परिपत्र समेतलाई ध्यानमा राख्न आग्रह गर्दै भनिएको छ– प्रचलित कानूनी व्यवस्थाअनुसार समायोजन भएका कर्मचारीहरूलाई फिर्ता गर्ने कानूनी आधार स्थानीय तहसँग नभएकोले निजहरूलाई साबिक बमोजिम हाजिर गराउनु ।
“कर्मचारी समायोजनपश्चात् स्थानीय तहहरूको दोहोरो सहमतिका आधारमा कामकाजमा खटाइएका कर्मचारीहरुमध्ये स्वीकृत दरबन्दी भन्दा बढी स्वास्थ्य कर्मचारीहरूलाई तत् तत् स्थानीय तहमा साउन १ देखि लागू हुने गरी काज फिर्ता गर्ने निर्णय कार्यान्वयनको लागि पत्राचार भएको ब्यहोरा अवगत नै छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
