काठमाडौं, ८ साउन– कमिसनतन्त्र र भ्रष्टाचारको जालोले राजनीतिलाई जवर्जस्त रुपमा गाँजेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । उनले समाजवादमा गएपछि पनि भ्रष्टाचार स्वतः अन्त्य नहुने भन्दै यस्तो बताएका हुन् ।
सोमबार (आज) काठमाडौँमा पुष्पलालको ४६ औं स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिशनतन्त्रको अन्त्य गर्न जरुरी रहेको बताए।
यस्तै उनले नयाँ प्रकारको लोकतन्त्र स्थापित गर्न नसक्दा जनतामा निराशा र विकर्षण रहेको स्वीकार गर्दै आर्थिक सामाजिक रुपान्तरणको प्रक्रिया धेरै धीमा र मन्द गतिमा सीमित रहेको पनि बताए ।
उनले प्रश्न गर्दै भने, ‘त्यसो किन भयो त ? ‘त्यसो हुनुमा कमिसनतन्त्र र भ्रष्टाचारको जालोले राजनीतिलाई जवर्जस्त रुपमा गाँजेको छ मूल समस्या यो हो ।’
मन्त्री श्रेष्ठले विभिन्न भ्रष्टाचार काण्डहरुबारे सरकारले कदम चालिहरेको भन्दै दोषी र अपराधी नछुट्ने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन समेत निर्देशन दिएको बताए ।
