नक्कली भुटानी शरणार्थी काण्डको बीचमै जरा काटियो: राजेन्द्र पाण्डे

८ श्रावण २०८०, सोमबार १५:२९

काठमाण्डौ, ८ साउन– नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले नक्कली भुटानी शरणार्थी काण्डको अनुसन्धान जरैसम्म पुग्नुपर्नेमा बीचमै जरा काटिएको दाबी गरेको छन ।

आज (सोमबार) काठमाण्डौँमा भएको ‘समाजवादी यात्राको चुनौती स् भ्रष्टाचार र दण्डहीनता’ विषयक विचार गोष्ठीमा बोल्दै नेता पाण्डेले यस्तो बताएका हुन ।

उनले भुटानी शरणार्थी काण्डको बीचमा गएर जरा काटिएको बताएका छन । गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत सहभागी कार्यक्रममा नेता पाण्डेले यस्तो बताएका हुन् ।

उनले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पल्लो छेउसम्म पुग्न नसेकेको बताएका हुन् । उनले भने, ‘भुटानी शरणार्थी काण्डको खोजतलास पुगेको छैन ।

यस्ता काण्ड खोज्ने र भ्रष्टाचारको जरै उखेल्न जरुरी छ’ देश बनाउन आएका नेताका श्रीमती र छोराछोरी हरेक भ्रष्टाचारमा जोडिएका छन् ।’

उनले भ्रष्टाचार समाजवादका लागि मात्रै नभएर सिंगो लोकतन्त्रको चुनौतीका रुपमा रहेको बताए । ‘जुन देशमा भ्रष्टाचार नियन्त्रण हुँदैन त्यस देशमा विकास र सुशासन सम्भव नै छैन’ ।

उनले उनले पहिला मन्त्रीमा सीमित हुने भ्रष्टाचार अहिले वडासम्म पुगेको टिप्पणी गरेका छन ।