काठमाडौं, ८ साउन – काठमाडौंको सामाखुशीमा आइतबार (हिजो) बाढीले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।
आइतबार १३ वर्षीय साजन मगर विद्यालयबाट घर फर्किएपछि खेल्न निस्केका उनलाई बाढीले बगाएको थियो । महाराजगञ्ज प्रहरीले ती बालक अझै सम्म पनि फेला नपरेको र खोजी कार्य जारी रहेको बताइएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, विपद व्यवस्थापनको टोली उनको खोजी कार्यमा खटि रहेका छन् । काठमाडौंमा आइतबार अत्यधिक वर्षा हुँदा साना खोला खोल्सीमा बाढी आएको थियो । सामाखुसी, रानीबारी लगायतका क्षेत्रका घरमा बाढी पसेपछि जनजीवन प्रभावित भएको छ ।
उनको आमा वैदेशिक रोजगारको शिलशिलामा अहिले प्रचोलगमा रहेकी छन् ।
