पहिरोले घर पुरिदा आमाछोराको मृत्यु

८ श्रावण २०८०, सोमबार १२:२६

बैतडी, ८ साउन– बैतडीको पुर्चौडी नगरपालिका –२ को भैरु टोलमा पहिरोले घर पुरिदा आमाछोराको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी २५ वर्षीय अञ्जु जागरी र उनका ५ वर्षका छोरा रिजन जागरी रहेका छ । गए राति खसेको पहिरोले घर पुरिदा उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ ।

अञ्जुका श्रीमान् गोब्बर घाइते भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिएका छन ।

स्थानीय र प्रहरीले गोब्बरलाई घाइते अवस्थामा उद्धार गरिएको चौधरीले बताएका छन ।