काठमाडौं, ८ साउन– जग्गाधनीलाई प्रहरीले लछारपछार गर्दै वृक्षारोपण गराएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
निजी जग्गामा जबरस्ती वृक्षारोपण गरेपछि मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा आफ्नै शैलीमा लेखेका छन्, ‘बिरुवा रोपेको उखेलिए डोजर चल्ने छ ।
अनेक पारीको मुद्दा लाग्नेछ र पुरै पब्लिक उठाएर माफिया विरुद्ध जाइलाग्ने छौ । चुप लागेर बस है ।’ यस्तै उनले फेरि अर्को स्ट्याटस लेखेका छन्, ‘चुपो लागेर बस अन्यथा अझ निर्मम कदम चाल्नेछु । देश र जनता ! सत्य, न्याय र समानताभन्दा अरू मैले केही सोचेको छैन !
