काठमाण्डौ, ७ साउन– कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टीका नेता बालकृष्ण खाँणमाथि राज्यले ठूलो अन्याय गरेको बताएका छन ।
आज (आइतबार) बसेको केन्द्रीय समिति बैठकमा बोल्दै उनले खाँणलाई राज्यले फसाएको आरोप लगाएका छन । उनले भने, ‘हाम्रो आदरणीय नेता, कांग्रेसका जुझारु नेता बालकृष्ण खाँणलाई राज्यले फसाएको छ, उहाँमाथि राज्यले ठूलो अन्याय गरेको छ ।
अहिलेसम्मको अनुसन्धानबाट न कुनै जाहेरी छ, न उहाँलाई कसैले पोलेको छ, न कुनै प्रमाण भेटिएको छ’ तर थप मुद्दा राजद्रोह पनि लगाइएको छ ।
ठगी मुद्दामा राजद्रोह लगाउृने हो भने दिनमा १०÷२० वटा राजद्रोहको मुद्दा लाग्छ ।’ सहमहामन्त्री यादवले खाँणमाथि अभियोगमात्र लागेको तर प्रमाणित नभएकाले कसुरदारजस्तो व्यवहार गर्न नहुने बताएका छन ।
खाँणले पार्टीका नेता कार्यकर्ताको धेरै संरक्षण गरेको भन्दै यादवले उनलाई दुख पर्दा सहयोग गर्नुपर्ने बताएका छन । उनले भने, ‘तपाईंले एक लाठी खाँदा उहाँले गएर छोप्नुहुन्थ्यो ।
उहाँले पनि धेरै दुख गरेर आउनुभएको छ, धेरै लाठी खाएर आउनुभएको छ । सक्नुहुन्छ भने सहयोग गरौं, सक्नुहुन्न भने असहयोग नगरौं । उहाँ हाम्रो परिवारका साथी हो’ ।उनले अदालतले खाँणलाई निर्दोष सावित गर्ने आशा पनि बताएका छन ।
