काठमाण्डौ, ७ साउन– रुपन्देहीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१५ मधवलिया बस्ने भिम नारायण थारुको छोरा ११ वर्षीय अमन थारु रहेका छन ।
जिल्लाको सियारी गाउँपालिका–१ सोनारेटस्थित तिनाउखोलामा पौडी खेल्ने क्रममा अमन थारुको शनिबार दिउँसो मृत्यु भएको प्रहरीले बताएको छ ।
