सारुक आत्महत्या पछि किन नम्रता सार्वजनिक सम्पर्क बाहिर छिन् ?

७ श्रावण २०८०, आईतवार १५:२९

काठमाडौं, ७ साउन – अभिनेत्री नम्रता श्रेष्ठ अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेपछि सार्वजनिक सम्पर्क देखि बाहिर रहेकी छिन् ।

अभिनेत्री श्रेष्ठ र ताम्राकारले फिल्म ‘ह्यासट्याग माया’ मा सँगै काम गरेका थिए । अभिनेता ताम्राकार र श्रेष्ठ प्रेम सम्बन्धमा रहेको र वुढानिलकण्ठ स्थित एउटा घरमा सँगै बस्ने गरेको खुलेको थियो । अभिनेता ताम्राकार असार २१ गते रातोपुलस्थित आफ्नै निवासमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । अभिनेत्री श्रेष्ठ ताम्राकारको अन्त्यष्टिमा पनि देखिएकी थिइनन् ।

अभिनेत्री श्रेष्ठ र ताम्राकारले सात महिना अगाडि दोलालघाटमा गएर मध्येराती मसानघाटमा पूजा गरेको र कालो वुर्टी लगाउन दिएको पनि चर्चा छ। मसान पूजामा संलग्न गुरु भनिने ईश्वर अधिकारीले सात महिना अगाडि दोलालघाटमा ग्रहशान्ति पूजा गरेको स्वीकार गरेका थिए ।

अहिले अभिनेत्री श्रेष्ठको फोन अफ छ भने फिल्मका कलाकार रोय श्रेष्ठ र गुरु भनिने अधिकारी पनि सम्पर्क बाहिर छन्। प्रहरीले सारुकको कोठामा नम्रताको एक जोर हिल (चप्पल) र सिलाजित फेला पारेको थियो। यसैगरी, घरको बरन्डामा गाँजा बनाउन प्रयोग गरिने कागजको स्ट्रिप, गाँजाका डाँठहरू, चुरोटका ठुटा तथा मदिराका बोतलहरु प्रशस्त भेटिएको प्रहरीले जनाएको छ। स्रोतका अनुसार नम्रता आफै पनि गाँजाको अम्मली हुन।

आत्महत्या गर्नु पूर्व सारुक र नम्रताबीचको सम्बन्धमा दरार देखिएको पाईएको छ। खास गरी फिल्मको टिममा रोय श्रेष्ठको इन्ट्री भएपछि दुईबीचमा सम्वन्ध चिसिएको बताईएको छ। त्यसैले पछिल्लो समय सारुक बुढानिलकण्ड छोडेर रातोपुल स्थित आफनै घरमा बस्दै आएका थिए।

असार २० गतेसम्म पनि फिल्मको सुटिङ जारी थियो। बिहान चार बजेसम्म हात्तिगौंडामा सुटिङ भएको पाईएको छ। त्यो दिन फिल्ममा बालात्कारको सिन थियो। बलात्कारको सिनमा सारुकले निर्धारित समय भन्दा लामो समय लिएपछि त्यही दुवैका बीचमा भनाभन भएको थियो। यद्यपी उनीहरु बुढानिकण्ठको घरसम्म सँगै गएका थिए।