केही दलले आर्मीमाथि आक्रमण गरिरहेका छन्: परराष्ट्रमन्त्री साउद

७ श्रावण २०८०, आईतवार १५:०६

काठमाण्डौ, ७ साउन– कांग्रेस नेता एवं परराष्ट्रमन्त्री एनपी साउदले आर्मी माथि केही पार्टीले आक्रमण गरेको बताएका छन । आज आइतबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले साउदले सत्ता नपाएर उनीहरु तिल्मिलाएको बताए । उनले विपक्षमा रहेका दलहरु सत्ता नपाएपछि रन्थनिएको आरोप लगाएका छन । उनले भने, ‘आज आर्मीजस्ता संस्थामा केही पार्टीहरुले आक्रमण गरिराखेका छन्’।

असंलग्न परराष्ट्र नीति, विदेशी सम्बन्धमाथि प्रहार गर्ने काम भइराखेको साउदले बताएका छन । उनले सत्ता गठबन्धन र कांग्रेस सही ट्रयाकमा हिडिरहेको बताएका छन ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम नलिइकन साउदले अदालतको विचाराधिन मुद्धामा बोल्नुपर्ने अवस्था नरहेको बताएका छन ।

उनले भने, ‘अदालतको निर्णय पनि हामीले पर्खनुपर्दछ । पार्टीमा १, २, ३ जनाको कुरा मात्रै होइन । पत्रिकाले लेखेको कुराको आधारमा पार्टीलाई हित गर्दैन ।’