पुस १५, काठमाडौं ।
भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग ९ईपीएल० क्रिकेटको उपाधि जितेको छ ।
यो प्रतियोगितामा पारस खड्काको टिम विराटनगरसँग शरद भेषावकरको भैरहवाको तेस्रो हार हो । भैरहवा समूह चरण र पहिलो क्वालिफायरमा हारेको थियो ।१५० रनको लक्ष्य पछ्याएको भैरहवाले सुरुवात निकै राम्रो थियो । आठौं ओभरमा अंशुमान रथले ३६ रन दिएपछि खेल भैरहवाको पक्षमा गएको मानिएको थियो ।
तर, १५औं ओभरको पहिलो बलमै भैरहवाका कप्तान शरद रन आउट हुन पुगे । त्यसपछि विराटनगर खेलमा फर्कियो । यद्यपि अन्तिम २ ओभर मात्र ११ रन चाहिएको थियो र भैरहवाको जितको सम्भावना कायमै थियो ।तर, कप्तान पारस खड्काले १९ औं ओभरको २ रन दिएर २ विकेट लिएपछि भैरहवालाई अन्तिम ओभरमा ९ रन चाहियो । पारसले अनिल साहलाई बल थमाए ।
उनको पहिलो बलमा कृष्ण कार्र्कीले चौका हाने । ५ बलमा ५ रन चाहियो । तर, दोस्रो बलमा अनिलले विकेट लिए भने तेस्रो बलमा रन नै थिएन । चौथो बलमा भुवक कार्र्की रन आउट भए भने पाँचौ बलमा पुनित मिश्रको विकेट गुम्यो ।अब भैरहवालाई जितका लागि अन्तिम बलमा ५ रन चाहियो तर, ३ रन मात्र जोड्न सक्यो र एक रनको नाटकीय जित निकाल्दै विराटनगर च्याम्पियन बन्यो ।
विराटनगरका कप्तान पारसले १८ रन दिएर ३ विकेट लिए भने अनिलकुमार शाह र करण केसीले २–२ विकेट लिए ।यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थिया । उसका लागि अंशुमान रथले ४१ रन बनाए भने पारस खड्काले २७ र अनिलकुमार शाहले २२ रनको योगदान दिए ।