सुनको आशंकामा समातिएको धातु पित्तल रहेको पुष्टि

७ श्रावण २०८०, आईतवार १३:०२

काठमाण्डौ, ७ साउन– थाई नागरिकबाट बरामद गरिएको पहेँलो धातु पित्तल भएको पुष्टि भएको छ ।

अस्ति शुक्रबार राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थाई नागरिकबाट बरामद गरेको साढे चार किलो पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको हो ।

भन्सार कार्यालयले बैककबाट काठमाण्डौं आएका थाई नागरिकबाट १० थान विष्कुट आकारको पहेँलो धातु बरामद गरेको थियो । थाई नागरिकले उक्त वस्तु सुन नभएको बताएका थिए ।

आफू धार्मिक प्रयोजनका लागि लागि नेपाल आएको बताएका उनले ल्याएको सो धातु त्रिपुरेश्वरस्थित रहेको भन्सार विभागमा जाँच गरेर उनलाई नै फिर्ता दिइएको बताइएको छ ।