नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि मौद्रिक नीति आज सार्वजनिक गर्ने

७ श्रावण २०८०, आईतवार १०:३२

काठमाडौं, ७ साउन – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०्८१ का लागि आइतबार (आज) मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिएको छ।

बालुवाटारमा राष्ट्र बैंकको बोर्ड बैठक अहिले बसिरहेको छ। बोर्ड बैठकले पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्नेछन्।

मौद्रिक नीति अगाडि गत शुक्रबार मात्रै अन्तर्राष्ट्रिय मुद्रा कोषको मिसनले गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको थियो ।