संघीयताको विकल्प खोज्नुपर्छ: कांग्रेस केन्द्रीय सदस्य भण्डारी

५ श्रावण २०८०, शुक्रबार १६:४२


काठमाण्डौ, ५ साउन– कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले संघीयताको विकल्प खोज्नुपर्ने बताएका छन । आज शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा भण्डारीले यस्तो बताएका हुन ।

उनले वर्तमान संविधानका तीन विषयमा आफ्नो असहमति रहेको बताएका छन । उनले धर्मनिरपेक्षताको विरुद्धमा आफ्नो धारणा यसअघि पनि राख्दै आएका योजनावद्ध किसिमले धर्मनिरपेक्षतालाई संविधानमा घुसाइएको बताएका छन ।

उनले भने, ‘संघीयतामा राष्ट्रिय सुरक्षाका किसिमले समस्या देखियो । संघीयताको बारेमा अर्को विकल्प खोज्नुपर्दछ । निर्वाचन प्रणालीका बारेमा पुर्नविचार गर्नुपर्दछ,’ । उनले पार्टीभित्र समस्या रहेको बताउँदै एउटा साथीले अर्को साथीलाई देख्नै नपरे हुन्थ्यो जस्तो अवस्था आएको बताएका छन ।