रोल्पामा चट्याङ लागेर वडा सदस्यको निधन

५ श्रावण २०८०, शुक्रबार १६:१३


काठमाण्डौ, ५ साउन– गएराति चट्याङ लागेर रोल्पामा एक वडा सदस्यको निधन भएको छ । सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडासदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको सो घटनामा परी निधन भएको जिल्ला प्रहरी जानकारी दिएको छ ।

मृतक घर्तीमगर आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङमा परेको उक्त कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिएका छन ।

चट्याङमा परी अन्य ठाउँका केही व्यक्ति पनि घाइते भएकाले त्यस स्थानतर्फ प्रहरी जाँदै गरेको उनले बताएका छन ।