काठमाण्डौ, ५ साउन– दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ को पानिलोला भन्ने ठाउँमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ८ वर्षीय विपना खप्तडी मगर र ५ वर्षीय सपना खप्तडी मगर रहेका छन् । आज शुक्रबार डुबेर दुई बालिकाको मृत्यु भएको प्रहरीले बताएको छ ।
उनीहरुको सिञ्चाईका लागि बनाइएको पोखरीमा डुबेर मृत्यु भएको दैलेख प्रहरीले जानकारी दिएको छ ।
