ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

५ श्रावण २०८०, शुक्रबार १५:२२

काठमाण्डौ, ५ साउन– जिल्ला अदालत काठमाण्डौले ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ परेकाहरुलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँले शुक्रबार यो प्रकरणमा पक्राउ परेकाहरु मीनबहादुर गुरुङसहितका आरोपीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिएकी छन ।

यो प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् ।