पुस १५, काठमाडौं ।
भूकम्पपीडितका नाममा निजी आवास निर्माणका लागि अनुदान पाउने सूचीमा नाम समावेश भएका तर घर बनाउन आवश्यक नठान्ने लाभग्राहीले पहिलो किस्तावापत लिएको ५० हजार रुपियाँ फिर्ता गरेका छन् ।
यसरी पहिलो किस्तावापत लिएको रकम सरकारी खातामैै फिर्ता गर्ने लाभग्राहीमा इन्द्रसरोवर गाउँपालिकाका वडा नं–२ का रामशरण भुलून र हेटंैडा नगरपालिका वडा नं–८ का तुलबहादुर लामा छन् ।
