संगम टोलद्वारा सरसफाई तथा सुरक्षा व्यवस्थापन सम्बन्धि कार्यक्रम सम्पन्न

१५ पुष २०७४, शनिबार ०५:१८

पुस १५, जोरपाटी । काठमाडौं गोर्कणेश्वर नगरपालिका वडा नं ८ स्थित संगम टोलद्वारा सरसफाई तथा सुरक्षा निकायसंग अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

टोलवासीले ४ महिना अगाडी प्रकाश अधिकारीको अध्यक्षतामा गठन गरेका संगम टोल विकास समाज आफनो टोलको विकासमा निकै सक्रिय बन्दै गएको छ । टोलको मूल प्रवेशद्धार निर्माण , सडक वत्ति, प्रत्येक घरलाई घर नं दिने तथा प्रत्येक हप्ताको शनिवार सरसफाई कार्यक्रमलाई निरन्तरता दिएर नमूना टोलको रुपमा विकास गर्न खोजेको छ ।

प्रत्येक साताझै आज शनिवार  विहान पनि टोलको सरसफाई गर्नुका साथै स्थानिय गोर्कण प्रहरी विटका प्रमुख अर्जुन गिरीसंग टोलको सुरक्षा व्यवस्था र लागुपदार्थ विहिन क्षेत्र कसरी वनाउन सकिन्छ भन्ने विषयमा अन्र्तक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ ।    सफा टोल नै आफनो पहिचान र पचिय अनि सभ्यातासंग गाँसिएकोले आफनो टोललाई सभ्य टोल बनाउन खोजेको कुरा अध्यक्ष प्रकाश अधिकारीले बताए। हालसम्मका सम्पूर्ण कार्यहरु टोलवासीको आफनै लगानीमा भएको र अन्य निकायबाट कुनै आर्थिक अनुदान लिन नपरेको कुरा अध्यक्ष अधिकारीले बताए ।