काठमाडौं महानगरले ‘बगान’ लाई ५० हजार जरिवाना तिराएपछि करिश्मा मानन्धर खुसी

३ श्रावण २०८०, बुधबार १५:४१

काठमाडौँ, ३ साउन– काठमाडौं महानगरपालिकाले फिल्म ‘बगान’ लाई अनावश्यक ५० हजार जरिवाना गरेको भन्दै अभिनेत्री करिश्मा मानन्धरले असन्तुष्टि जनाएकी छिन् ।

बुधबार (आज) अभिनेत्री मानन्धरले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘बगान’ को पोस्टर टाँसेको भनेर अनावश्यक रूपमा ५० हजार जरिवाना तिराएको भन्दै असन्तुष्टि जनाएकी हुन् । उनीको उक्त चलचित्रमा मुख्य भूमिकामा रहेको छ ।

उक्त चलचित्रलाई महानगरले ५० हजार जरिवाना तिराएर फिल्मको प्रचार गरेको भन्दै करिश्माले व्यंग्य गर्दै खुसी व्यक्त गरेकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर पाँच लाखको विज्ञापन गरिदियो ? कसले भन्छ बालेनजी नेपाली सिनेमालाई माया गर्नुहुन्न भनेर ? जय बगान, जय बालेन ।’ महानगरले तिराएको ५० हजार जरिवानाले ‘बगान’को ठूलो प्रचार भइरहेको छ ।

karisma.JPG