काठमाण्डौ, ३ असार– नेकपा (माओवमदी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत आयोजनालाई हर हालतमा अघि बढाउने बताएका छन ।
आज (बुधबार) गोरखाको सिउरेनिटारमा आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।
उनले आयोजना हरहालतमा अघि बढाउने बाचा गरेका हुन् । उनले निर्वाचनका बेला आयोजना अघि बढाउन गरेको बाचाको समेत स्मरण गरेका छन ।
उनले यसको काम सेलाउने चिन्ता सबैतिर देखिएको सुनाउँदै अब हरहालतमा आयोजना नरोकिने बताएका छन । उनले यसका लागि हिजो सबै मन्त्रीहरूसँग बैठक गरेको र अब आयोजनाको विकास नरोकिने बताएका छन ।
उनले भने, ‘निर्माण प्रक्रियामा सहभागी हुन म आफैँ आउँछु, ‘अब छिट्टै त्यो दिन आउँछ।’ प्रधानमन्त्री प्रचण्डले बुढीगण्डकी विकास प्राधिकरण बनाउने विषयमा आफ्नो विमति नरहेको बताएका छन ।
तर प्राधिकरण बनाएपछि आउने अवस्थाको बारेमा सोच्नुपर्ने उनले बबताएका छन । उनले प्राधिकरण बनाउँदा थप ४ वर्ष घर्किने भएकाले कम्पनीमार्फत नै अघि बढ्ने निर्णय गरेको बताएका छन ।
उनले भने, ‘यो आयोजना त्यति सहज र नाफामूलक होइन । तर बहुउद्देश्यीय र व्यावसायिक सम्भावनाको आयोजना भएकोले निर्माण अघि बढाउन सकिन्छ,’ दाहालले भने, ‘यो आयोजनाले देशको आर्थिक प्रगतिमा महत्त्वपूर्ण भूमिका खेल्छ ।’
