काठमाण्डौ, ३ असार– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी नेसपाका डा.बाबुराम भट्टराईले बुढीगण्डकीमा देशले १० वर्ष खेर फालेको बताएका छन ।
उनले आज बुधबार गोरखाको सिरुङ्टारमा फिल्ड कार्यालय स्थापनाको कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन । उनले यो आयोजनामा मुआब्जा सहजरुपमा वितरण भएपनि आयोजनाको निर्माण अघि बढ्न नसकेको बताएका छन ।
उनले बुढीगण्डकी आयोजनाबाट देशले ठूलो आर्थिक लाभ लिन सक्नेसमेत दाबी गरेका छन । उनले यो आयोजना विकास गर्न एउटा शक्तिशाली प्राधिकरण बनाएर अघि बढ्नुपर्ने बताएका छन ।
तर सरकारले यो कुरा बुझ्न नसकेको बताउँदै उनले आयोजना प्राधिकरण मातहत अघि बढाउन सकिने समेत उनले बताएका छन । उनले हाल स्थापना भएको कम्पनीलाई प्राधिकरणको मातहतमा राख्न सकिने पनि बताएका छन ।
उनले बुढीगण्डकी विकास प्राधिकरणको अध्यक्षमा विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई बताउन समेत प्रस्ताव गरेका छन।
