काठमाडौं, ३ साउन – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कम्बोडिया गएका छन् । उनी गए राति कम्बोडिया गएका हुन् ।
ओलीले कम्बोडिया जानुअघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् । ओलीको सचिवालयका अनुसार कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि उनी त्यसतर्फ लागेका हुन् ।
उनको साथमा पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्य सहभागी छन् ।
