कांग्रेस केन्द्रीय समिति बैठक जारी

३ श्रावण २०८०, बुधबार १२:२९

काठमाण्डौ, ३ साउन– कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी छ । पार्टी कार्यालय सानेपामा आज बिहान साढे ११ बजेबाट बैठक सुरु भएको हो ।

पूर्व प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले दोस्रो दिनको बैठक सुरु भएको बताएपछि नेताहरूले धारणा राख्न सुरु गरेका थिए ।

बैठकका आमन्तिम सदस्य तथा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आफ्नो कुरा राख्न राखेका छन् । उनले भने , ‘बैठक सञ्चालन राम्रो भएको छ ।

राम्रै राम्रैसँग बैठक सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्दै छु ।’ महामन्त्रीका एजेन्डा र प्रतिवेदनमा धेरै कुरा आएको उनले बताएका छन ।

हिजो मंगलबार महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक विषय, नीति महाधिवेशनको मिति, सांगठनिक कार्ययोजना र कार्यतालिका, यसअघि कार्यसम्पादन समितिको निर्णय प्रस्ताव अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदनमाथि केन्द्रीय समितिमा छलफलको एजेन्डा छ बैठकमा पेस गरेका थिए ।

यस्तै महामन्त्री गगन थापाले ‘विधान कार्यान्वयन र पार्टी सुदृढीकरणका सन्दर्भमा’ कार्यतालिका पेस गरेका थिए ।