काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु भटियो

३ श्रावण २०८०, बुधबार १०:५३

काठमाडौं, ३ साउन– काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु भटिएको छ। उक्त शंकास्पद वस्तु सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि भेटिएको हो ।

हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि उक्त शंकास्पद वस्तु नजिकै भेटिएको छ । शंकास्पद वस्तु भेटिएको स्थान वरपरको क्षेत्रलाई नियन्त्रणमा लिइएको काठमाडौंका प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिएका छन् ।