काठमाण्डौ, २ साउन– काठमाण्डौंको बालाजु क्षेत्रमा बस्ने एक बाबुले आफ्नै छोरी बलात्कार गरेका छन । छोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेका बाबुविरुद्ध जिल्ला अदालत काठमाण्डौंमा मुद्दा दर्ता समेत भएको प्रहरीले बताएको छ ।
बाबुविरुद्ध हाडनाता करणीमा मुद्दामा दर्ता भएको हो। काठमाडौंको बालाजु क्षेत्रमा बस्ने एक बाबुले छोरी बलात्कार गरेका प्रहरीले बताएको छ ।
उनले आफ्नै १३ वर्षीया छोरी बलात्कार गरेको पाइएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । श्रीमान–श्रीमती छ्ट्टा छुट्टै बस्दै आएकोमा उनीहरुका एक छोरा र एक छोरी बाबुसँग बस्दै आएका थिए।
आफूसँगै बस्दै आएकी १३ वर्षीया छोरीलाई बाबुले घरमै बलात्कार गरेको पाइएको प्रहरीले जनाएको जानकारी दिएको छ । घटना गत जेठ अन्तिम साताको हो।
