काठमाण्डौ, १ साउन– नेपाल एयरलाइन्सका दुबै न्यारोबडी जहाज चरा ठोक्किँदा इन्जिनमा आएको खराबीका कारण ग्राउन्डेड भएका छन् ।
यसमध्ये (एन–एकेडब्यू जहाज मर्मतपछि सोमबार साँझ नियमित उडानमा जाने निगमका प्रवक्ता रमेश पौडेलले बताएका छन । यो जहाजको दायाँ इन्जिनमा समस्या देखिएको उनले बताएका छन ।
निगमकै अर्को न्यारोबडी जहाज ९एन–एकेएक्सको भने बायाँ इन्जिनमा समस्या देखिएको छ । अहिले देखिएको समस्याका बावजुत यो जहाजले १० साइकल उडान भने गर्न सक्ने क्षमता थियो ।
त्यसमध्ये ६ साइकल उडानपश्चात इन्जिनको मर्मतमा जाने उडान (४ साइकल) बाँकी राखेर जहाज ग्राउन्डेड गरिएको निगमले जानकारी दिएको छ ।
यो जहाजको मर्मतका लागि प्रक्रिया अगाडि बढेको समेत निगमले बताएको छ । अन्तर्राष्ट्रिय उडानमा निगमसँग कुल ४ वटा जहाज रहेका छन ।
बाँकी २ जहाजबाट तालीका व्यवस्थापन गरिएको र उडानहरु भने पूर्वनिर्धारित रुपमा सूचारु रहेको निगमले जानकारी दिएको छ ।
दुई जहाजमध्ये एउटामा काठमाडौं र अर्को जहाजमा दुबईमा चरा ठोक्किएको प्रवक्ता पौडेलले जानकारी दिएका छन । उनले भने, ‘ त्यसपछिको परीक्षणमा इन्जिनमा समस्या देखिएको हो । ‘दुबै जहाजमा आएको समस्याको मूख्य कारण नै बर्ड हिट हो, ।
