काठमाण्डौ, १ साउन– एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत एविरुद्ध श्रीलंकामा जारी खेलमा कुशल भुर्तेल दोस्रो बलमै आउट भएका छन् ।
कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा सुरु भएको खेलमा हर्सित रानाको बलमा उनी एलबीडब्लू आउट भएका छन । उनले खाता खोल्नै सकेनन् ।
पाकिस्तान ए विरुद्ध शुक्रबार खेलेका अर्जुन साउद र प्रतिश जिसीको स्थानमा किशोर महतो र देव खनाल पहिलो रोजाइमा खेल्दै छन् ।
समूह बी मा रहेको नेपाल पहिलो खेलमा कमजोर ब्याटिङ गर्दा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो ।
