काठमाण्डौ, १ साउन– रौतहटमा एकवर्षको अवधिमा १६ जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना पुरुष, २ जना महिला, ४ जना बालक र ४ जना महिला रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिएका छन ।
जिल्लाको बागमती र लालबकैया नदीसँगै साना नदी तथा पोखरीमा डुबेर १६ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
आइतबार मात्र जिल्लाको कटहरिया नगरपालिकास्थित गमहरिया घाट लालबकैया नदिमा नुहाउन गएका एक विद्यार्थीको डुबेर मृत्यु भएको पनि प्रहरीले बताएको छ ।
