सहकारी संस्था नियमन गर्ने शक्तिशाली संस्था बनाउन विश्वप्रकाश शर्माको सरकारलाई ध्यानाकर्षण

३१ असार २०८०, आईतवार १५:१७

काठमाण्डौ, ३१ असार– कांग्रेस सांसद विश्वप्रकाश शर्माले सहकारी संस्थामा समस्या आएको भन्दै नियमन गर्नका लागि शक्तिशाली नियामक निकाय बनाउन सरकारको ध्यानाकर्षण गराएका छन ।

आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन । उनले सहकारी पीडितहरु आन्दोलनमा रहेको पनि बताएका छन ।

उनले केही सहकारीकर्मीहरुका कारण देशका सयौं सहकारीहरु आलोचित भएको पनि बताएका छन । उनले भने, ‘यसलाई नियमन गर्न सरकारले एउटा शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने, सहकारी पीडितको मागलाई सम्बोधन गर्नुपर्ने, सहकारी पीडितको आन्दोलनमा आज पनि सरकारले हस्तक्षेप गरेको छ ।

माग पूरा गरेर समाधान गर्न आग्रह गर्दछु ।’ उनले हरेक २ वर्षमा श्रमिकहरुको ज्याला तोकिनुपर्ने व्यवस्था रहेको बताएमका छन ।

उनले भोलि साउनदेखि न्यूनतम तोकिनुपर्ने ज्यालाबारे सरकार, रोजगारदाता र श्रमिकहरुको प्रतिनिधिको बीचमा संवाद गरेर टुङ्गोमा पुर्याउनुपर्नेमा ध्यानाकर्षण गराका छन।

यस्तै गत बैठकमा आकस्मिक समयमा विगतदेखि उठेका कुरा आएको बताउँदै त्यसमा सभामुखको कमजोरी भएको हो कि सांसदहरुले सभामुखलाई असहयोग गरेको हो भन्ने प्रश्न गर्दै त्यस्तो अवस्थामा सभामुखले रुलिङ गर्नुपर्ने बताएका छन ।