एमाले संसदीय विभागमा १३ सदस्य मनोनीत

३१ असार २०८०, आईतवार १४:३८

काठमाण्डौ, ३१ असार– एमालेको संसदीय विभागमा १३ जना सदस्य मनोनीत भएका छन् । विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङको सिफारिसमा शनिबार बसेको सचिवालय बैठकले १३ जनालाई सदस्य मनोनीत गरेको छ ।

लिलानाथ श्रेष्ठ (सिराहा), भगवती चौधरी (सुनसरी), पदम गिरी (पर्वत), विद्या भट्टराई (कास्की), ज्वाला साह (बारा),

ठाकुर गैरे (पाल्पा), बलराम अधिकारी (कपिलवस्तु) र चन्द्रबहादुर विश्वकर्मा (पश्चिम रुकुम) लाई विभागको सदस्य मनोनीत गरिएको एमाले स्रोतले जानकारी दिएको छ ।

यस्तै सुनिता बराल (झापा), महेश बर्तौला (मकवानपुर), तारा लामा तामाङ (कञ्चनपुर), अम्मरबहादुर रायमाझी (उदयपुर) र किरणकुमार साह (रौतहट) संसदीय विभाग सदस्य मनोनीत भएका छन् ।

यसअघि यो विभागमा राष्ट्रियसभाका देवेन्द्र दाहाल र भैरवसुन्दर श्रेष्ठ सदस्य रहेका थिए ।