काठमाण्डौ, ३१ असार– पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा शनिबार राति भएको जिप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा कुश्मा–३ की सात वर्षीया बालिका शीतल विक रहेकी छन सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नंको जीप दुर्घटना भएको ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेले जानकारी दिएका छन । दुर्घटनामा परी गम्भीर घाइते भएकी कुश्मा–३ की विकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
टाउको र आँखामा गम्भीर चोट लागेकी उनको उपचारकै क्रममा पर्वत अस्पतालमा मृत्यु भएको हो । सोही स्थानका चार वर्षीय प्रिन्स क्षेत्री र ५० वर्षीया चन्द्रकला क्षेत्रीलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको छ ।
प्रहरीका अनुसार उनीहरू दुवैको अवस्था मध्यम छ । दुर्घटनामा परी दुर्लुङकै तीन वर्षीय सौरभ विक, २३ वर्षीया शान्ति विक, ७० वर्षीय कृष्णप्रसाद पाध्या, १६ वर्षीय निशान परियार, ५५ वर्षीया हीरादेवी मगर, ३५ वर्षीय मीनबहादुर क्षेत्री, ४७ वर्षीय अमृत शर्मा, ७६ वर्षीय भजत शर्मा, पोखरा बस्ने १६ वर्षीय अमर विक घाइते भएको प्रहरीले बताएका छ ।
जिप सडकबाट करिब ३०–३५ मिटर तल खसेको प्रहरीले बताएको छ ।
