समयमै न्यायाधीश नियुक्त गर्न सकिएन: प्रधानन्यायाधीश कार्की

३१ असार २०८०, आईतवार १२:४५

काठमाण्डौ, ३१ असार– प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समयमै न्यायाधीश नियुक्त गर्न नसकिएको बताएका छन । आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानन्यायाधीश कार्कीले यस्तो बतएका हुन ।

सर्वोच्च अदालतमा ७ जना तथा उच्च अदालतमा ६० न्यायाधीशको पद खाली हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार एक एक महिना अगाडि नै सिफारिस हुनुपर्ने हो ।

तर अहिलेसम्म न्याय परिषदको बैठक बस्न सकेको छैन । कार्कीले भने, ‘अझै पनि समय छ, न्यायाधीश नियुक्तिमा प्रयासरत छु ।’ उनले वस्तु निष्ठताका आधारमा न्यायाधीश नियुक्त हुनुपर्ने पनि बताएका छन ।