रौतहट , ३१ असार– रौतहटमा विद्युतीय करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा परोहा नगरपालिकामा ४ लौकाहाका ७३ वषीय शेख तैयव रहेका छन ।
आफ्नै धान खेतमा विद्युतीय मोटरबाट पानी सिञ्चाई गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले बताएको छ । करेन्ट लागेर धानखेतमै छटपटिएर तैयवको मृत्यु भएको स्थानीयहरुले बताएका छन् ।
मृतक तैयर नगरप्रमुख शेख वकिलका ठूलो दाजु हुन् । मृतक तैयवको आइतवार बिहान ९ बजे मुस्लिम रितीरिवाजअनुसार अन्तिम संस्कार गरिने उनको परिवारले जानकारी दिएको छ ।
