काठमाण्डौ, २९ असार– झापाको चन्द्रगढी उडेको बुद्ध एयरको जहाज प्राविधिक समस्याका कारण काठमाण्डौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ ।
बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
उक्त जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरेको उनले बताएका छन । अर्को जहाजबाट यात्रुलाइ झापा पठाउने तयारी गरिएको र सो जहाजलाई चेकजाँचका लागि ग्राउण्डेड गरिएको बुद्ध एयरले जानकारी दिएका छन ।
काठमाण्डौंबाट उडेको केही समयमै इण्डिकेसन समस्या आएपछि जहाज काठमाण्डौंमै फिर्ता गरिएको बताइएको छ ।
