काठमाण्डौ, २८ असार– एसीसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तान ए विरुद्ध पहिला ब्याटिङम लागेको छ । तर नेपालका दुबै ओपनर आकर्षक रन रेट नलिदै आउट भएका छन् ।
ओपनर मोहमद शेख १२ र कुशल भुर्तेल १ रन बनाएर आउट भएका छन् ।
भुर्तेल टिमको स्कोर १४ रन हुँदा सहबाज धानीको बलमा बोल्ड आउट भएका हुन् । शेख पनि धानीकै बलमा मोहमद तयबको हातबाट क्याच आउट भए ।
साविक विजेता समेत रहेका पाकिस्तान ए सिनियर टिमबाट खेलिसकेका मोहम्मद हरिसको कप्तानीमा मैदान उत्रिएक छन् ।
