बनेपामा फिल्म स्टुडियो बनाउन जग्गा प्रयोग गर्न स्वीकृति दिने सरकारको निर्णय

२८ असार २०८०, बिहीबार १७:२२


काठमाण्डौ,२८ असार– गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले काभ्रेको बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माणका लागि साढे दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ । सरकारले बनेपा नगरपालिकाको–१० र १३ मा रहेको बाहुनडाँडा सामुदायिक वनको उक्त स्थलको जग्गालाई प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

आर्थिक २०८०–०८१ को बजेटमा बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माण गर्ने योजना समावेश थियो । सरकारले दोलखामा पनि फिल्म स्टुडियो निर्माण सुरु गरेको छ तर निर्माण कार्य सुस्त गतिमा रहेको छ ।