काठमाण्डौ,२८ असार– म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–४ उपल्लो बुकेनीका दलवीर पुनले बर्खायाममा बेमौसमी बन्दा उत्पादन गरेका छन ।
समुन्द्री सतहदेखि करिब दुई हजार दुई सय मिटर उचाइको उपल्लो बुकेनीमा रहेको एनएमडी कृषि तथा पशुपक्षी फार्ममा बेमौसमी बन्दा उत्पादन गरीएको छ ।
३७ वर्षीय पुनले १५ रोपनी बरामीमा ‘ग्रिन क्रोनेट’ जातको बन्दाखेती गरेको बताएका छन । उनले भने, ‘बेमौसममा खेती गर्न सकिने जातको बन्दा परीक्षणका लागि भित्र्याएको हो’, उनी भन्छन, ‘वैशाखमा लगाएको बिरुवा हुर्किएर बन्दाको आकार लिएको छ । साउन पहिलो हप्तादेखि बजार पठाउने तयारीमा छु ।’
पानी खप्न सक्ने र चिसो हावापानीमा गर्न सकिने ग्रिन क्रोनेट जातको बेमौसमी बन्दा खेतीले पुनको फार्म हराभरा भएको छ ।
कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देलले जिल्लामा पहिलो पटक बर्खायाममा बन्दा उत्पादन भएको बताएका छन । तीन वर्षदेखि टमाटरखेती गर्दै आएका पुनले यस वर्ष बेमौसमी बन्दाखेती गरेका हुन । उको फार्ममा हाल पाँच वटा सेमी हाइटेक टनेलमा टमाटर उत्पादन भएको छ ।
खुला टनेलमा हावाहुरी र असिनाले क्षति गरेपछि कृषि ज्ञान केन्द्रको सहयोगमा सेमी हाइटेक टनेल बनाएको पुनले बताएका छन ।बिहान झिसमिसेदेखि साँझसम्म फार्ममा काम गर्ने पुनले आवश्यकता अनुसार स्थानीय मजदुरलाई ज्यालामा काम गराउँदै आएका छन् ।
मसलेदार फल टिम्मुरको पनि खेती गरेका पुनको जडीबुटी खेती गर्ने योजना छ । सिँचाइ सुविधा र चिसो हावापानी भएकाले तरकारी खेती प्रभावकारी भएको छ ।
सडक पुगे पनि यातायातको असुविधाका कारण ढुवानीमा धेरै खर्च हुने, बजारमा व्यापारीले भनेको मूल्यमा सामान बेच्नुपर्दा समस्या भएको पुनले बताएका छन ।
बेनी, बागलुङमा खपत नभएको तरकारी पोखरा पठाउने गरेका सामाजिक सञ्जाल फेसबुकमार्फत तरकारीको बजारीकरण गरेको पुनले बताएका छन ।
पुनको योजना पनि अब अनलाइनबाटै सहज माध्यपमले व्याबपार गर्ने छ । उनी भन्छन्, ‘ फेसबुकमा हाल्नेइ बित्तिकै मानिसको फोन आइहाल्छ।
अब म यही माध्यममबाट व्या्पार बजारीकरण र विस्तार गर्ने सोचमा छु। हेरूम के हुन्छ। तरकारी बेच्ने राम्रो अनलाइनको ठाम भैदिए हुन्थ्यो।
