गुल्मी,२८ असार– गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ नेटा बस्ने १५ बर्सिया टीका बलाल रहेकी छन ।
आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी थिइन्। घाइते टीकालाई उपचारको लागि बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा उपचारको क्रममा मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिएका छन ।
