१५ किलो चरेससहित दुई जना पक्राउ

२७ असार २०८०, बुधबार १७:०४

काठमाण्डौ,२७ असार– प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेट ईलाकाबाट १५ किलो चरेससहित दुई जना पक्राउ गरेका छन्।

पक्राउ पर्नेहरुमा पटेर्वासुगौली गाउँपालिका ५ बस्ने ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रलाद माझी रहेका छन् । आज बुधबार १५ किलो चरेस र मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बीआर २२ एम ४२०६ नम्बरको मोटरसाइकलको ट्यांकीमा लुकाई छिपाई नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद चरेस र मोटरसाइलकसहित आवश्यक कारबाहीको लागि प्रहरी चौकी ईनर्वा पर्सामा बुझाइएको पनि प्रहरीले बताएको छ ।