काठमाण्डौ,२७ असार– पूर्वराजा ज्ञानेन्द्र शाहले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सीता दाहालको आज बुधबार बिहान राजधानीको नर्भिक अस्पतालमा निधन भएको थियो । पूर्वराजाले सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै आफ्ना प्रतिनिधि पशुपतिभक्त महर्जनलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पठाएका थिए ।
पेरिसडाँडामा पुगेर महर्जनले पूर्वराजाको तर्फबाट सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डसहित शोकाकुल परिवारमा समवेदना प्रकट गरेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिएका छन । सिता दाहालको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार हुँदैछ ।
