काठमाडौं, २६ असार – ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।
आज (मंगलबार) मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायण दास मिश्रलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीसँगै ललिता निवास प्रकरणमा १२ जना पक्राउ परिसकेका छन् । यस प्रकरणका आरोपितहरु दिनकै पक्राउ परिरहेका छन् ।
