काठमाण्डौ, २६ असार– बेपत्ता मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरा पहाडतर्फ गएर बेपत्ता भएको आशंकामा खोजी कार्य सुरु गरीएको छ ।
सोलु दूधकुण्ड नगरपालिका२ र लिखु पिके गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने लाम्जुरा क्षेत्रमा फसेको आशंकामा खोजी कार्य सुरुगरीएको सोलु दूधकुण्ड नगरपालिकाकी उपाध्यक्ष गान्धीमाया तामाङ्गले जानकारी दिएकी छन ।
लाम्जुरा पास पहाड रहेको २ नम्बर वडाका अध्यक्ष ङवाङ ठिले शेर्पाले आफ्नो क्षेत्रमा हेलिकप्टरबारे अपुष्ट खबर आएको जानकारी दिएका छन । प्रहरी सहायक निरीक्षक निराजन बस्नेतको टोली पैदल रूपमा घटनास्थल पुग्दैछ ।
स्थानीय प्रहरी इकाइको टोली हेलिकप्टर हराइरहेको भनिएको क्षेत्रमा परिचालित भएको हो ।
