मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना

२६ असार २०८०, मंगलवार १२:१९

विराटनगर, २६ असार – लुक्ला बाट उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको छ ।

कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोला अनुुसार सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकानजिकैको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको छ।

उनका अनुसार घटना‍स्थलतर्फ प्रहरी परिचालन गरिएको छ । हेलिकप्टरमा क्याप्टेन र ५ यात्रु गरी ६ जना सवारी थिए । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु रहेको जनाएको छ ।